News Griha :: न्यूजगृह
टीआरसीसँग सम्बन्धी विधेयकमा सबैको सहमति हुनुपर्छ : ओली 
फाइल तस्बिर ।

काठमाडौं— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो धारणा राखेका हुन् ।

उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा छलफल भएको जानकारी दिए । अध्यक्ष ओलीले विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग कुरा गरेको बताए ।

‘शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा अहिले समितिमा विधेयकमा छलफल भइरहेको छ । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुंग्याऔं भन्ने छलफल भएको हो । टीआरसीको बारेमा एमालेको अडान यथावत छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ,’ अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले टीआरसीसँग सम्बन्धित विधेयक पीडितमैत्री बन्नुपर्ने अडान एमालेको यथावत रहेको पनि जानकारी दिए ।  

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:२८
Weather Update