News Griha :: न्यूजगृह
लापसे गरि गाडी चलाउने ६ जना चालक पक्राउ
फाइल तस्बिर ।

काठमाडौं— नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा प्रदेश २-०३-००१ ख ५१ ८६ नम्बरका कन्टेनर चालक धनकुटाका ३२ वर्षीय बल बहादुर कार्की, भे १ ख ३७ ३४ नम्बरका ट्रक चालक बर्दियाको बाँसगढी नगरपालिका-६ का ३० वर्षीय राजेन्द्र थारू, लु ३ च २६ ४७ नम्बरका पिकअप चालक नवलपरासी बर्दघाट सुस्ता पश्‍चिमको बर्दघाट नगरपालिका-१२ का २३ वर्षीय पारस बिक छन् । 

त्यस्तै, ना ८ ख २३ ०७ नम्बरका बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ का ३५ वर्षीय दीपक थापा, बा ४ ख ५७६ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका- ७ का ३२ वर्षीय कृष्ण परियार र बा ३ ख ४६ ६० नम्बरका माइक्रो चालक स्याङ्जाको वालिङ नगरपालिका-७ का ३६ वर्षीय लेख बहादुर गुरुङलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले २५ वटा सवारी साधन चेक गर्दा लागूपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा ६ जना चालक फेला परेका हुन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०८:२६
Weather Update