
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आइतबार विभिन्न उपसमितिको संयोजक चयन गरेका छन् ।
महासमितिको बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका उनले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदयशमशेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका हुन् ।
यसैगरी स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा जितजङ्ग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजकमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजकमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकमा जितेन्द्र श्रेष्ठलाई जिम्मेवारी प्रदान गरेका हुन् ।
महासमिति बैठक व्यवस्थित एवम् प्रभावकारी बनाउन उपसमिति संयोजकको जिम्मेवारी तोकिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।