News Griha :: न्यूजगृह
विमानस्थल प्रहरी प्रमुख चन्दले दिए राजीनामा

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारणले राजीनामा दिएको न्यूजगृहसँग बताए । प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।

चन्दले गत वैशाख १३ मा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।
राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए । केही दिनअघि विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच झडप भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १४:५४
Weather Update