छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर— मोरङमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–३ रञ्जनीमा को १ त ८५७८ नम्बरको ट्याक्टरले माटो ओसार्ने क्रममा कामदार बिसन्दु मियाँलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी लेटाङ–२ मा को २७ प ३७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक लेटाङ–३ का २४ वर्षीय राजन राईको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० २०:३१













