अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं— शनिबार बिहानै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ढाकावाङ्गको थापाडाडाँमा सडकबाट करिब १५० मिटर जीप तल खसेको हो । दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन । थप विवरण आउँन बाँकी छ ।
प्रकाशित मिति: शनिबार, माघ २०, २०८० ०८:५४













