News Griha :: न्यूजगृह
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भइरहेको हो । संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबीच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ ।

माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०९:४६
Weather Update