News Griha :: न्यूजगृह
होटल भियनामा जुवातास खेलिरहेका ११ जना पक्राउ 

काठमाडौं— प्रहरीले १३ लाख ६२ हजार ५०० रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले ज्याठास्थित अमला रोका मगरले सञ्चालन गरेको होटल भियानाबाट नगदसहित पक्राउ परेका ११ जनालाई मंगलबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा रूपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, २८ वर्षीय शंकर शाही, २८ वर्षीय किशोर अधिकारी, ३० वर्षीय राजु पन्त, ३५ वर्षीय अर्जुन गुरुङ र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङ छन् ।

यस्तै रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया, चितवनका ४१ वर्षीय दीपक गुरुङ, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल,  नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई र काठमाडौं जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ज्याठास्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  ०६:२३
Weather Update