भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं— भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटका २४ वर्षीय समन भुजेल छन् ।
गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार राति २१:५० बजे मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोस्थित आकाशे पुल नजिकै रोकिएको बा ५ ख. २५१ नं. को गाडीमा भुजेल चढेको प्रदेश नं. ३–०२–००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
भुजेलको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी बालकोटकै २० वर्षीया सोफिया ठकुरी पनि घाइते भएकी छन् । उनको भक्तपुर इनटरनेशनल अस्पताल थिमीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० ११:५०













