-1706522701.jpg)
‘रेडिओ नेपाल र नेपाल टेलिभिजन मर्ज गरौँ’ सोमबार, माघ १५, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडिओ नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्नुपर्ने दोहोर्याएकी छन् । उनले रेडिओ र टीभी लोकतान्त्रिक मूल्य, मान्यता र मर्मलाई आत्मसाथ गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा सञ्चालन गर्नुपर्ने पनि बताइन् ।

१०.२६ अंकले बढ्यो नेप्से, ४ अर्ब कारोबार सोमबार, माघ १५, २०८० सोमबार कुल १५० वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८६ वटा कम्पनीको मूल्य घट्यो । ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सोमबार १ करोड २३ लाख २२ हजार ७०५ किक्ता शेयर खरिदबित्रिm हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंबीच भेट, के भयो कुराकानी? सोमबार, माघ १५, २०८० प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँग बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् । प्रसाईंले भ्रष्टाचार, बेथिति लगायतको देशको समग्र विषयमा पूर्वराजासँग छलफल भएको बताए ।

मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको अभिलाषामा ब्रेक लागेको हो? सोमबार, माघ १५, २०८० राष्ट्रिय सभा निर्वाचन सकिएसँगै संघीय सरकारमा रहेका मन्त्रीहरूको हेरफेर हुनसक्ने संकेत देखिएको छ । केही मन्त्रीहरूको कार्य क्षमतामाथि पटकपटक प्रश्न उठेपछि मन्त्रीहरू हेरफेर गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन् । तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प्रचण्डले पुस १० मा कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीलाई हटाउने संकेत गरेका...

दुर्घटनाबाट जोगिए कार्तिक आर्यन सोमबार, माघ १५, २०८० बलिउड अभिनेता कार्तिक आर्यन आइतबार सम्भावित एक दुर्घटनाबाट जोगिएका छन् । गुजरातमा भएको फिल्मफेयर अवार्डमा सहभागी हुन पुगेका आर्यनले आफ्ना फ्यानलाई अभिवादन गर्ने क्रममा फ्यानले ब्यारिकेड तोडेका थिए । ब्यारिकेड तोडिएर फ्यान भुइँमा लडेपनि कार्तिकलाई भने केही भएन ।
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? सोमबार, माघ १५, २०८० विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ललितपुरमा मृत भेटिइन् जर्मन नागरिक सोमबार, माघ १५, २०८० सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा हतियारधारी समूहको आक्रमण, नेपाली सैनिक सकुशल सोमबार, माघ १५, २०८० साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘आक्रमणमा घानाको एक सदस्यको मृत्यु भएको जानकारीमा आएको छ । हाम्रो टोली भने सुरक्षित छ,’ प्रवक्ता भण्डारीले भने ।

इरानले गर्यो तीन उपग्रहको अन्तरिक्षमा सफल परिक्षण, पश्चिमा देशहरू सशंकित सोमबार, माघ १५, २०८० अमेरिकाले यसअघि इरानको स्याटलाइट प्रक्षेपणले आणविक हतियार पुर्याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो । इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसङ्घले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो ।

विवाद मिलाउन गएका प्रहरीमाथि नै आक्रमण, दुई जना घाइते सोमबार, माघ १५, २०८० त्यही विवादबारे बुझ्न प्रहरी पुगेको थियो । विवादमा आक्रोशित स्थानीयले उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए । कसले कसरी आक्रमण गरेको भन्नेबारे खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि राति नै जिल्ला अस्पताल ल्याइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

बलिउड अभिनेत्री परिणीति गायनमा, दिँदैछिन् पहिलो लाइभ प्रस्तुति सोमबार, माघ १५, २०८० भिडिओमा उनलाई हेडफोन र माइकका साथ देख्न सकिन्छ । केही क्लिपमा उनलाई गीत गाउँदै गरेको पनि देख्न सकिन्छ । दृश्यको पृष्ठभूमिमा नुसरत फतेह अली खानको ‘धुन सासों कि माला’ बजिरहेको सुन्न सकिन्छ । ‘मेरो आत्मादेखि मञ्चसम्म चाँडै’, उनले क्लिपसँगै क्याप्सन लेखेकी छन् ।

महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ, घटनाको कारण ‘अवैध शारीरिक सम्बन्ध’ सोमबार, माघ १५, २०८० इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनमार्फत अभियुक्त चन्द्रप्रसाद प्रसाईँलाई प्रहरीले सार्वजनिक गर्यो । माघ ८ गते बिहान अर्जुनधारा–६ स्थित ब्याडमिन्टन कबर्डहल नजिक ५० वर्षीया माया कार्की पुलामी मगर मृत भेटिएकी थिइन् ।









