News Griha :: न्यूजगृह
ललितपुरमा मृत भेटिइन् जर्मन नागरिक

ललितपुर— ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन् । 

सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । 

महिलाको सनाखत भइसकेको छैन । उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ । अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:०१
Weather Update