बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं— विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ ।
आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ७ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १२:३०