काठमाडौं— शेयर कारोबार मापक नेप्से परिसूचक १०.२६ अंकले बढेको छ । सोमबार शून्य दशमलव ४८ प्रतिशतले बढेको नेप्से परिसुचक २१०४.७२ मा कायम भएको छ ।
सोमबार कुल १५० वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८६ वटा कम्पनीको मूल्य घट्यो । ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सोमबार १ करोड २३ लाख २२ हजार ७०५ किक्ता शेयर खरिदबित्रिm हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ ।
अधिकांश उपसमूह बढ्दा बैकिङ, माइक्रोफाइनान्स, निर्जीवन बिमा उपसमूह भने घट्यो । सबैभन्दा बढी निर्जीवन बिमा उपसमूह १२.५६ अंकले घट्यो । माइक्रोफाइनान्स २.१८ अंक र बैकिङ शून्य दशमलव ७४ अंकले घट्यो ।
सबैभन्दा बढी जीवन बिमा उपसमूह ७७.५६ अंकले बढ्यो । उत्पादन तथा प्रशोधन २६.९६, हाइड्रोपावर २८.४३, फाइनान्स उपसमूह ९ अंकले बढ्यो । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ६० करोड १६ लाख ७१ हजार आठ सय नौ रुपैयाँ बराबरको नौ लाख पाँच सय ११ कित्ता शेयर किनबेच भएको छ । नाग्दी पावर ग्रुपको २३ करो८ ८३ लाख ५६ हजार रुपैयाँ बराबरको शेयरकिनबेच भयो ।