News Griha :: न्यूजगृह
घुस दिएको आरोपमा सेवाग्राहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा 

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागमा  करारमा कार्यरत तत्कालीन कम्प्युटर इन्जिनियर प्रदिप भट्टराई र एक सेवाग्राहीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजिकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर प्रदिप भट्टराईले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाबाट ३४ हजार  घुस लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । 

यस्तै घुस लिन इन्जिनियर भट्टराईलाई दुरुत्साहन दिएको भन्दै अख्तियारले सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरूद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले भट्टराईसँग मिलेमतो गरी घुसबापतको रकम भट्टराईको खातामा रकम जम्मा गरेको पाइएको अख्तियारको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:१५
Weather Update