News Griha :: न्यूजगृह
मकाउ पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं— मकाउ पठाइदिने भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो । सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ माग्ने गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । 

सिग्देलले राम्रो तलब हुने विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी जम्मा दुई लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको कार्यालयले जनाएको छ । 

उनको थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:३०
Weather Update