News Griha :: न्यूजगृह
गृह मन्त्रालयले भन्यो— यस वर्षको शहीद दिवसमा बिदा छैन

काठमाडौं— २०८१ सालको शहीद दिवसमा सार्वजनिक बिदा दिने घोषणा गरेपछि सरकारले यो वर्ष शहीद दिवस (माघ १६)मा बिदा नभएको स्पष्ट गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो वर्ष शहीद दिवसको अवसरमा बिदा दिने निर्णय नभएको जानकारी दिए । 

गत पुस १२ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ सालमा थप २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

माघ १६ गतेको शहीद दिवस र राम नवमीमा बिदा थप गर्ने निर्णय सरकारले गरेको थियो । सो निर्णयलाई लिएर यो वर्षको शहीद दिवसमा बिदा हुने/नहुने बारे अन्योल थियो । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:३०
Weather Update