एमाले अध्यक्ष केपी शर्मा ओली अब हिरो, खेल्ने भए फिल्म

काठमाडौं— नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले फिल्म ‘नमेटिने घाउ’ मार्फत अभिनयमा डेब्यु गर्दै छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको घोषणासँगै शुभमुहूर्त गरी यो जानकारी दिइएको हो । यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । रमित ढुङ्गानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जीवनीमा आधारित हुनेछ ।
यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्।
प्रकाशित मिति: आइतबार, माघ १४, २०८० १४:४९