
काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर अदालतको अवहेलना मुद्दाको पूर्ण पाठ सार्वजनिक भएको छ ।
सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका प्रचण्डलाई गत पुस २० मा सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको थियो ।
द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ मा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा कारवाही गरिपाऊँ भनी निवेदन दिएका थिए ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदाबी नपुग्ने’ भनी निर्णय सुनाएको हो । सोही फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो ।
फैसलामा एउटा चिन्ताजनक विषय छ । फैसलाको बुँदा नं २० मा यसले पत्रपत्रिकाको विश्वसनियता माथि नै गम्भीर प्रश्न उठाएको छ ।
पत्रिकामा प्रकाशित सामाग्री अतिरञ्जित हुनसक्ने हुँदा प्रकाशित सामाग्रीको आधारमा मात्र कसूर ठहर गर्न मनासिब नहुने भन्ने आशय फैसलाले व्यक्त गरेको छ ।
पढ्नुहोस् फैसलाको पूर्णपाठ