News Griha :: न्यूजगृह
७ हजार रुपैयाँ घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके सव डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । 

काठ चिरानको सिफारिस गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले स्टिङ अपरेसन गरेको थियो ।

टोलीले घुस लिएको ७ हजार रुपैयाँसहित पार्देलाई पक्राउ गरको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनीसँग श्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँसमेत गरी जम्मा ५२ हजार ९७५ रुपैयाँसहित पक्राउ गरिएको हो । आयोगले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०९:५९
Weather Update