थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ
काठमाडौं— लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवान १६ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरबल यादवलाई पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकेर बसेका थिए । भारतमा ट्याक्सी चलाएर बस्ने गरेका उनलाई नेपाल आएको मौका पारेर पक्राउ गरिएको हो ।
लागूऔषध मुद्दामा पक्राउ परेका भारतीय नागरिकलाई उनले १० लाख रुपैयाँ पाउने आशामा भगाएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० ११:३६













