News Griha :: न्यूजगृह
टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं— भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस चोक नजिक टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार राति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल ठक्कर दिँदा चालक सिन्धुपाल्चोकको बलेफी–५ का ४३ वर्षीय उद्धवप्रसाद नेपालको मृत्यु भएको हो ।

मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९ बजेर ५३ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं.१ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:०५
Weather Update