यी हुन् राष्ट्रिय सभामा विजयीहरू [विवरणसहित]
![यी हुन् राष्ट्रिय सभामा विजयीहरू [विवरणसहित]](https://newsgriha.com/uploads/posts/rastriya-sabha-1696498283.jpg)
काठमाडौं— संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् ।
रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरूले उम्मेदवार बनाएका थिए ।
निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई/दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ ।
हेर्नुहोस् पूरा विवरण:
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० २१:०७