युवतीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं— २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका ४ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरञ्जन बुढाथोकी छन् । उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुढाथोकीले ती युवतीलाई ग्राण्डीस्थित ग्रिनसिटी गेस्ट हाउसमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १३:३२













