इन्डियन आइडलको शीर्ष १० मा पुगिन् नेपालकी मेनुका पौडेल

काठमाडौं— नेपालकी गायिका मेनुका पौडेल भारतीय रियालिटी शो 'इन्डियन आइडल १४' को शीर्ष १० मा प्रवेश गरेकी छन् ।
आइतबार एपिसोडमा उनी टप १० भित्र पर्न सफल भएकी हुन् ।
आइतबार प्रसारित एपिसोडमा पियुष, अन्जना र मुस्कान बटन थ्रीमा परे । जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन् । पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन् । उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए ।
उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् । मेनुकाले प्रभास अभिनीत भारतीय फिल्म 'सलार' मा समावेश गीतमासमेत स्वर दिइसकेकी छन् ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १४:१५