
अयोध्या, (भारत)— आज (सोमबार) मध्यान्ह उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको परम्परागत संस्कृति अनुसार प्राणप्रतिष्ठा हुँदैछ। यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वमा सम्पन्न गरिँदैछ ।
भगवान रामको बाल्यावस्था स्वरूप राम लल्लाको मूर्तिको ‘प्राण प्रतिष्ठा’ मा देशका प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधि, विभिन्न जनजाति समुदायका प्रतिनिधिलगायत सबै क्षेत्रका मानिसको सहभागिता रहनेछ ।
.jpg)
आज दिउँसो १२ बजेर २० मिनेटमा सुरु हुने यो समारोह दिउँसो १ बजे समापन हुने गरी तयारी गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ। त्यसपछि प्रधानमन्त्री मोदीले धार्मिक सभालाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीले मन्दिर निर्माणसँग सम्बन्धित श्रमिकहरूसँग पनि कुराकानी गर्ने राम मन्दिरको निर्माण र व्यवस्थापनको नेतृत्व गरेका श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका एक सदस्यले बताएका छन् ।
प्रधानमन्त्री मोदीले प्राचीन शिव मन्दिरको जीर्णोद्धार गरिएको कुबेर टिलाको पनि भ्रमण गर्नेछन् । उनले त्यहाँ पूजा गर्नेछन् ।
.jpg)
राम जन्मभूमि मन्दिर वा राम मन्दिर परम्परागत नगारा शैलीमा निर्माण गरिएको छ। यसको लम्बाइ (पूर्व–पश्चिम) ३८० फिट छ भने चौडाई २५० फिट र उचाई १६१ फिट रहेको छ। यो मन्दिरमा ३९२ स्तम्भ छन् भने र ४४ वटा कलात्मक ढोका छन् ।
मन्दिरका स्तम्भ र पर्खालहरूले हिन्दु देवता र देवीहरूको जटिल मूर्तिकला चित्रण देखाउँछन् । मन्दिरको भुईंमा रहेको मुख्य गर्भगृहमा रामलल्लाको मूर्ति राखिएको छ । सरयु नदीबाट शुरु भएको ‘प्राण प्रतिष्ठा’को अभिषेक विधि सोमबार दिउँसो ‘अभिजित मुहूर्त’मा सम्पन्न हुने ट्रष्टले जनाएको छ ।
.jpg)
लाखौं मानिसहरूले यो कार्यक्रम टीभी र अनलाइन प्लेटफर्महरूमा प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको छ । भारतको केन्द्र सरकारले आज २२ जनवरीका दिन देशभर आधा दिन बिदाको घोषणा गरेको छ र धेरै राज्यहरूले त्यसलाई समर्थन गरेका छन् । यस अवसरमा भारतका सबै राज्यस्थित मन्दिरहरूले विशेष चाडपर्वको घोषणा गरेका छन् ।
वाशिङ्टन डीसी र पेरिसदेखि सिड्नीसम्म, विश्व हिन्दु परिषद वा हिन्दु डायस्पोरा समूहहरूद्वारा विश्वका विभिन्न भागहरूमा कार्यक्रमहरूको आयोजना गरिएको जनाईएको छ । रामलल्लाको ५१ इन्चको नयाँ मूर्तिको ‘प्राण प्रतिष्ठा’मा भारतका विभिन्न भागबाट १४ जोडी ‘यजमान’ हुनेछन् । उक्त मूर्ति सुरुका अरुण योगीराजले बनाएका हुन् । मूर्तिलाई गत बिहीबार मन्दिरको गर्भगृहमा राखिएको छ। मन्दिरलाई फूल र विशेष बत्तीहरूले सजाइएको छ भने सम्पूर्ण शहर धार्मिक उत्साहमा झुमेको छ ।
.jpg)
फ्लाइओभरमा सडक बत्तीहरू भगवान राम चित्रण गर्ने कलाकृतिका साथै धनुष र बाणका कटआउटहरूले सजाइएको छ भने ल्याम्पपोस्टहरूले परम्परागत ‘रामानन्दी तिलक’ मा आधारित डिजाइनहरू बोकेका छन् । अभिषेक समारोहको लागि अयोध्यामा सबै सुरक्षा अंगको समन्वयमा उच्चतहको सुरक्षा प्रबन्ध गरिएको जनाईएको छ । १० हजार सीसीटीभी क्यामेरा र आर्टिफिसिएल इन्टेलिजेन्सको सहायताले ड्रोनहरू पनि कार्यक्रमस्थलमा तैनाथ गरिएको भने सादा पोशाकका सुरक्षाकर्मी सहित प्रहरी परिचालन गरिएको छ ।
.jpg)
कार्यक्रममा ७ हजार अतिथि आमन्त्रण गरिएको छ । बलिउड सुपरस्टार अमिताभ बच्चन, उद्योगी मुकेश अम्बानी र गौतम अडानी र खेलकुद आइकन सचिन तेन्दुलकरलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ । ‘प्राण प्रतिष्ठा’मा भाग लिनेहरूमा राम जन्मभूमि आन्दोलनसँग सम्बन्धित व्यक्तिहरू पनि छन् । कार्यक्रममा आमन्त्रित लगभग सबै विपक्षी नेताहरूले उपस्थित हुन अस्वीकार गरेका छन्, कांग्रेसले यसलाई ‘भाजपा–आरएसएसको कार्यक्रम’ भनेर टिप्पणी गरेको छ ।
.jpg)
राम जन्मभूमि–बाबरी मस्जिद शीर्षक मुद्दामा सन् २०१९ मा भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले राम जन्मभूमि र बाबरी मस्जिद विवादको अन्त्य भएपछि मन्दिरको जिर्णोध्दार र निर्माणको पहिलो चरण सकिएपछि अभिषेक समारोह आयोजना गरिएको हो । बाबरी मस्जिद भगवान रामको जन्मस्थल रहेको मन्दिरको ठाउँमा निर्माण गरिएको हिन्दू समुदायले दावी गर्दै आएका थिए। सन् १९९२ मा १६औं शताब्दीको मस्जिद ‘कार सेवक’ले भत्काइदिएका थिए ।
.jpg)
मोदीले भने, ‘ऐतिहासिक क्षण’
प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा अभिषेक समारोहको ‘ऐतिहासिक क्षण’ले भारतीय सम्पदा र संस्कृतिलाई समृद्ध बनाउने र देशको विकास यात्रालाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।
विदेश मन्त्री एस जयशंकरले भारत आज आफ्नो परम्परा, यसको संस्कृति र यसको इतिहासमा गर्व गर्दछ किनकि धेरै थोरै सभ्यताहरू छन् जो आधुनिक राष्ट्रको रूपमा बाँचेका छन् । ‘हामी ती मध्ये एक हौं’ भनेर उनले जोड दिएका छन् ।
युगान्डामा असंलग्न आन्दोलन (नाम) शिखर सम्मेलनमा भाग लिएर नाइजेरिया पुगेका जयशंकरले त्यहाँ भारतीय समुदायका सदस्यहरूलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।
-अयोध्याबाट नेपाल न्यूज बैंक सम्पादक केशव बोहोराको रिपोर्ट
.jpg)
.jpg)
.jpg)
.jpg)













