News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भारतमा बढे कोरोना संक्रमित

काठमाडौं— भारतमा कोरोना भाइरसको नयाँ सबफर्म जेएन.१ का दुई सय ९० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना सङ्क्रमणको उपचार गराइरहेका बिरामीको संख्या दुई हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । 
मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार २४ घण्टामा कोभिड–१९ का ६ जना बिरामीको मृत्यु पनि भएको छ ।

मृत्यु हुनेमा केरलाका चार, महाराष्ट्र र उत्तर प्रदेशका एकएक जना  छन् । गत वर्षको डिसेम्बर ५ सम्ममा कोभिड–१९ का सङ्क्रमितको संख्या दैनिक घट्दो क्रममा थियो ।

Prabhu Bank

तर भाइरसको नयाँ सबफर्म जेएन.१ र जाडो मौसमका कारण सङ्क्रमितको संख्या पुनः बढ्न थालेको भारतीय अधिकारीहरूले बताएका छन् । आधिकारिक स्रोतहरूका अनुसार डिसेम्बर ५ पछि संक्रमण दर बढेको हो । डिसेम्बर ३१ को एकै दिनमा सबैभन्दा बढी ८ सय ४१ नयाँ बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले पनि कोरोनाबाट बिरामी भइ उपचार गराइरहेका करिब ९२ प्रतिशत बिरामी घरमै आइसोलेसनमा छन् । भारतमा सन् २०२० को सुरुवातदेखि पछिल्ला चार वर्षमा देशभर ४.५ करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५.३ लाखभन्दा बढीको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयकाअनुसार हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४.४ करोड नाघेको छ भने राष्ट्रिय सङ्क्रमणबाट निको हुनेको दर ९८.८१ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार भारतमा एन्टि–कोभिड खोप अभियान अन्तर्गत हालसम्म २२०.६७ करोड भन्दा बढी डोजहरू दिइएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २०:३०
Weather Update