News Griha :: न्यूजगृह
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु 

काठमाडौं— चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो ।

जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो । मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थी हुन् । आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।

सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो । आगलागीको कारणबारे भने केही खुलाइएको छैन । सो विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:२७
Weather Update