News Griha :: न्यूजगृह
भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित सातको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं— भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा तीन सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि बुधबार बिहान टेङ्नौपालमा सशस्त्र चरमपन्थीले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुई दिनमा कूल सात जनाको ज्यान गएको समाचारमा उल्लेख छ ।

बिहीबार मणिपुरका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए । मणिपुरमा आठ महिनादेखि जारी हिंसा रोकिने संकेत नदेखिएको समाचारमा उल्लेख छ । 

गत वर्ष मे महिनादेखि मणिपुरमा बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी समुदायबीच जातीय हिंसा भइरहेको छ । पछिल्लो आठ महिनामा कम्तीमा २०० जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १०:५३
Weather Update