गोली हानी दाङमा महिला प्रहरीको हत्या बिहीबार, फागुन ३, २०८०

बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बिहीबार, फागुन ३, २०८० निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई/दुई रुपैयाँ बढेको जानकारी दिएको छ । निगमका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

ललिता निवासको १ सय ३६ रोपनी जग्गा सरकारको नाममै कायम बिहीबार, फागुन ३, २०८० विशेष अदालतले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला गरेको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुनेगरि फैसला गरेको हो ।

एमाले केन्द्रीय सदस्य ऐन महर र सिराज अहमद फारुकी बर्खास्त बिहीबार, फागुन ३, २०८० केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर र फारुकीलाई बर्खास्त गरेको हो । तर यो सूचना सार्वजनिक गर्दा एमालेले राजीनामा स्वीकृत गरेको भनेको छ । ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरू अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको वक्तव्यमा उल्लेख छ...
![ललिता निवास जग्गा हिनामिना प्रकरणमा मन्त्रीलाई चैन, कर्मचारी र भूमाफियालाई ऐन [फैसलाको पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/lalita-niwas-1-1708009627.jpg)
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मन्त्रीलाई चैन, कर्मचारी र भूमाफियालाई ऐन [फैसलाको पूर्णपाठ] बिहीबार, फागुन ३, २०८० विशेष अदालतले बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् ।

ललिता निवास प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङ दोषी ठहर, २ वर्ष कैद तोकियो बिहीबार, फागुन ३, २०८० काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक (मालिक) मीनबहादुर गुरुङ दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार सुनाएको फैसलामा गुरुङलाई दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाइएको छ।

५४ यात्रु लिएर सुर्खेतबाट आएको श्री एअरलाइन्सको जहाज काठमाडौंमा आकस्मिक अवतरण बिहीबार, फागुन ३, २०८० कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेका थिए । सोही अनुसार जहाज सकुशल अवतरण भइसकेको उनले जानकारी दिए ।
ललिता निवास प्रकरण: विजय गच्छदारले पाए सफाइ बिहीबार, फागुन ३, २०८० काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका अभियुक्त विजय कुमार गच्छदारले सफाइ पाएका छन्।विशेष अदालतले बिहीबार फैसला सुनाउँदै नेपाली कांग्रेसका उपसभापति समेत रहेका गच्छदारविरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो।

ललिता निवास प्रकरण: पूर्वसचिव छविराज पन्त र दिप बस्न्यातसहित सरकारी कर्मचारी दोषी ठहर बिहीबार, फागुन ३, २०८० ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका पूर्व सचिव छविराज पन्त र दिप बस्न्यातसहित सरकारी कर्मचारीहरु दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाउँदै पूर्वसचिवसहित सरकारी कर्मचारीहरुलाई दोषी ठहर गरेको हो।

ललिता निवास प्रकरण: सरकारी जग्गा व्यक्तिको बनाउन भूमिका खेल्ने विचौलिया दोषी ठहर बिहीबार, फागुन ३, २०८० काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित विचौलियाको भूमिकामा रहेका व्यक्तिहरु दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाउँदै सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्नेलाई दोषी ठहर गरेको हो।

एमालेको केन्द्रीय कमिटीको बैठक आगामी साता बिहीबार, फागुन ३, २०८० नेकपा एमालेको केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले उक्त मिति तोकेको महासचिव शंकर पोखरेलले बताए ।

कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने बिहीबार, फागुन ३, २०८० ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा सञ्चालन हुने शाखाले जनाएको छ। परीक्षा १ दिनमा ५ सिफ्टमा सञ्चालन गरिनेछ। १ दिनमा १ हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी...

शेयर बजार घट्यो, १६३ कम्पनीको शेयरमा गिरावट बिहीबार, फागुन ३, २०८० साताको अन्तिम कारोबार दिन शेयर बजार १४.४६ अङ्कले घटेर २०६२.०३ विन्दुमा कायम रह्यो । आज कारोबार भएकामध्ये १६३ कम्पनीको शेयर मूल्य घटेको छ। उत्पादनमूलकबाहेक १२ उपसमूहले सूचक घटाएका छन्। विकास बैंक, वाणिज्य बैंक, निर्जीवन बीमा, फाइनान्सलगायत उपसमूह घटेका छन्।घटेको बजारमा पनि दुई कम्पनीको शेयर मूल्य भने बढ्दै सकारात्मक सर्किट...









