News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण: सरकारी जग्गा व्यक्तिको बनाउन भूमिका खेल्ने विचौलिया दोषी ठहर

काठमाडौं– काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित विचौलियाको भूमिकामा रहेका व्यक्तिहरु दोषी ठहर भएका छन्। 

विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाउँदै सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्नेलाई दोषी ठहर गरेको हो। 

विशेष अदालतले भूमि सुधार तथा नापी कार्यालय कर्मचारी र सुवर्ण शमशेरको परिवारका सदस्यलाई पनि दोषी ठहर गरेको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:५३
Weather Update