ललिता निवास प्रकरण: पूर्वसचिव छविराज पन्त र दिप बस्न्यातसहित सरकारी कर्मचारी दोषी ठहर

काठमाडौं– ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका पूर्व सचिव छविराज पन्त र दिप बस्न्यातसहित सरकारी कर्मचारीहरु दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार फैसला सुनाउँदै पूर्वसचिवसहित सरकारी कर्मचारीहरुलाई दोषी ठहर गरेको हो।
अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित विचौलियाको भूमिकामा रहेका व्यक्तिहरुलाई पनि दोषी ठहर गरेको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १९:०६













