News Griha :: न्यूजगृह
गोली हानी दाङमा महिला प्रहरीको हत्या 

काठमाडौं— दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली हानी हत्या भएको हो। 

गोली हान्ने उनकै श्रीमान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घटना बिहीबार करिब साढे ७ बजे भएको हो। 

गोली हानेर भागेका थापाका श्रीमान यमबहादुर झाँक्रीलाई भने लमहीको अर्जुनखोलाबाट प्रहरीले पक्राउ गरेको छ। झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 


 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:४९
Weather Update