ललिता निवास प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङ दोषी ठहर, २ वर्ष कैद तोकियो

काठमाडौं– काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिना मीना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक (मालिक) मीनबहादुर गुरुङ दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार सुनाएको फैसलामा गुरुङलाई दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाइएको छ।
ललिता निवासको मुद्दामा प्रतिवादी कायम भएपछि अदालतमा हाजिर भएका गुरुङ त्यतिबेला २ करोड धरौटी बुझाएर रिहा भएका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १९:३२













