माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने बिहीबार, फागुन ३, २०८०

अमेरिका पठाउने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ९ जना पक्राउ बिहीबार, फागुन ३, २०८० अमेरिका पठाउने भन्दै भारतीय नागरिकहरुलाई नेपालको काठमाडौं ल्याएर बन्धक बनाएको पाइएको छ। उनीहरुलाई मेक्सिको हुँदै अमेरिका पुर्याउने भनेर काठमाडौंमा ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ। काठमाडौंमा बन्धक बनाइएका ११ जना भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ। यस्तै, बन्धक बनाउने गिरोहका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले...

नामिबियासँगको हारपछि नेपालका प्रशिक्षक र कप्तान भन्छन्– हामी फेरि बलियो भएर आउनेछौं बिहीबार, फागुन ३, २०८० आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाइले टिमले धेरै कुरा सिक्नुपर्ने बताएका छन्। नामिबियासँगको हारबाट सिकेर नेपाल अझै बलियो भएर आउने मुख्य प्रशिक्षक देसाइको भनाइ छ।

विश्वकप लिग २– नामिबियासँग नेपाल ४ विकेटले पराजित बिहीबार, फागुन ३, २०८० आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेटअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको नामिबियाले नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य ३३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

साथीको कोठामा लगेर नाबालिकामाथि बलात्कार गर्ने युवक पक्राउ बिहीबार, फागुन ३, २०८० ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेशले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले बताए । लहान नगरपालिका- १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेशले नाबालिकामाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

माओवादीको केन्द्रको चुनाव चिन्ह फेर्न र मानार्थ सदस्य थप्न सुझाव बिहीबार, फागुन ३, २०८० नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट बिहीबार सात टोलीबाट सुझाव प्रस्तुत भएको छ । मङ्गलबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा...

कांग्रेसले ‘नीति अधिवेशन’का रुपमा लिएको महासमिति बैठक: २ हजार बढी प्रतिनिधि सहभागी हुने बिहीबार, फागुन ३, २०८० गोदावरीमा ४ दिनसम्म चल्ने महासमितिलाई व्यवस्थित एवं प्रभावकारी ढङ्गले सञ्चालन गर्न पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा रहेको मूल आयोजक समितिले छुट्टाछुट्टै उपसमिति निर्माण गरी काम अगाडि बढाएको हो।

सोमपालले एकै ओभरमा लिए नामिबियाको २ विकेट बिहीबार, फागुन ३, २०८० २०औं ओभरको तेस्रो बलमा पहिलो व्यक्तिग विकेट लिने क्रममा सोमपालले गेरहार्ड इरासमसलाई पवन सर्राफबाट क्याचआउट गराए। यस्तै, २०औं ओभरकै अन्तिम बलमा सोमपालले जन फ्राइलिंकलाई कुशल भुर्तेलबाट क्याचआउट गराए।

उच्च शिक्षामा नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री बिहीबार, फागुन ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।बिहीबार भारतीय विश्वविद्यालय संघ(एआईयू) उत्तर क्षेत्रका उपकुलपतिहरूको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बहुसंख्यक युवा र उनीहरूसँग सम्बन्धित स्रोतहरू स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य संस्थाले काठमाडौं महानगरलाई मासिक प्रतिवेदन बुझाउनुपर्ने बिहीबार, फागुन ३, २०८० काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ।

५ लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी विमानस्थलबाट पक्राउ, दुबईबाट आएका थिए नेपाल बिहीबार, फागुन ३, २०८० ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा)सहित दुई पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

भयावह बन्दै सहकारीको ठगी, सर्वसाधारणको अर्बौं बचत जोखिममा बिहीबार, फागुन ३, २०८० सहकारी विभागका अनुसार देशभरका सहकारीमा गरेर करिब ७५ लाख बचतकर्ता छन्। सहकारी संस्थामा भएको हिनामिनाका घटनाहरु सार्वजनिक भइरहँदा देशभरकै बचतकर्तामा संशय उत्पन्न भएको छ। प्रहरीका अनुसार सहकारीहरुले ठगेको भन्दै सबैभन्दा बढी उजुरी काठमाडौं उपत्यकामा परेका छन्। काठमाडौं उपत्यकामा २५ वटा सहकारीविरुद्ध ठगीको उजुरी परेको छ। उपत्यकाका २५ वटा सहकारीले १...

प्रहरी अधिकारीलाई गृहमन्त्रीले भने– दबाब र प्रभावमुक्त भएर काम गर्नूस् बिहीबार, फागुन ३, २०८० उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।








