News Griha :: न्यूजगृह
साथीको कोठामा लगेर नाबालिकामाथि बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं– ललाइफकाइ नाबालिगलाई बलात्कार गर्ने एक जना सिरहाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निकेश यादव छन् ।

 ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेशले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको  सिरहा प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले बताए ।  लहान नगरपालिका- १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेशले नाबालिकामाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 प्रहरीका अनुसार बुधबार दिउँसो बलात्कृत नाबालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् । उपचारपछि अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको छ ।

पीडक यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिरहा प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:३८
Weather Update