News Griha :: न्यूजगृह
५ लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी विमानस्थलबाट पक्राउ, दुबईबाट आएका थिए नेपाल
फाइल तस्बिर

काठमाडौं– ५ लाख डेनिस क्रोन (डेनमार्कको मुद्रा)सहित दुई पाकिस्तानी नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने ३१ वर्षीय एसिन अहमद  र ४८ वर्षीय मोहम्मद अब्दाम लखानी छन्। दुवै पाकिस्तानी नागरिक रहेको र उनीहरूलाई बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरु दुबईबाट नेपाल आएका हुन् । उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

पक्राउ परेका उनीहरूको साथबाट बरामद डेनिस क्रोनको मूल्य नेपाली बजारमा करिब ९५ लाख ४३ हजार ३ सय ८४ रुपैयाँ हुन आउँछ। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजस्व अनुसन्धान विभाग  हरिहर भवन पुल्चोक ललितपुर पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:०५
Weather Update