News Griha :: न्यूजगृह
बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान १२ बजेर १ मिनेटबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बनाएको हो ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई/दुई रुपैयाँ बढेको जानकारी दिएको छ । निगमका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

निगमले भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकेको हो। कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलमा एक रुपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

oil

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २१:२८
Weather Update