News Griha :: न्यूजगृह
चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न संसदीय समितिको निर्देशन
चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न संसदीय समितिको निर्देशन प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र...
अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी, चार युवक पक्राउ
अनलाइनमार्फत ५० लाख रुपैयाँ ठगी, चार युवक पक्राउ अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ घर भई हाल काठमाडौंको पुरानोबानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका–११ घर भई हाल भक्तपुरको गठ्ठाघरमा डेरा गरी बस्ने २२ वर्षीय रामसेवक...
सामाजिक सञ्जालमार्फत नाबालिगलाई हैरानी दिने युवक पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिगलाई हैरानी दिने युवक पक्राउ प्रहरीको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ काठमाडौंको गोल्खुपाखामा बस्दै आएका २२ वर्षीय सुमन खत्री छन्। उनका अनुसार खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिगले पोष्ट गरेको फोटोहरू डाउनलोड गरेर नक्कली आईडी बनाएका थिए। त्यसपछि उनले पीडितको फोटो प्रयोग गरेर अश्लील क्याम्सन लेखेको पाइएको उनले बताए।
राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा न्यौपाने
राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा न्यौपाने एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरि प्रमुख सचेतकमा न्यौपानेलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेका हुन्। राष्ट्रिय सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आइतबार रातिबाट समाप्त हुने भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो। एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन्। 
टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। लिग चरणअन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्‌स ५ अंक जोडेर फाइनल पुगेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षा भएपछि...
शालीन मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार 
शालीन मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार  त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बतायो। फागुन १२ मा विद्यालयको छात्रावासको कोठामा शालीन मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दबाब दिएर प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो।
अन्तरविरोध कै कारण जुनसुकै बेला टुट्छ गठबन्धन– एमाले उपाध्यक्ष
अन्तरविरोध कै कारण जुनसुकै बेला टुट्छ गठबन्धन– एमाले उपाध्यक्ष नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैं भित्रका समस्या र अन्तरविरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्तागठबन्धन आफ्नै अन्तरविरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न...
घरेलु हिंसा पीडित मधेसमा सबैभन्दा धेरै, कर्णालीमा कम
घरेलु हिंसा पीडित मधेसमा सबैभन्दा धेरै, कर्णालीमा कम प्रहरीको तथ्यांक अनुसार ६ महिनाको अवधिमा घरेलु हिंसाबाट कूल ८ हजार २ सय १४ जना पीडित भएका छन्। पीडितमध्ये पनि ७ हजार ४ सय ०१ जना महिला र ८ सय १३ जना पुरूष रहेका छन्। पीडित हुनेमा निरक्षर ३ प्रतिशत, सामान्य साक्षर ७७ प्रतिशत, विद्यालस्तर १४ प्रतिशत र प्रमाणपत्र तह...
बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न अभियान
बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न अभियान बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पीपीआर खोप अभियान सञ्चालन गरेको छ। यो अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ। फागुन १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौँथो दिन शनिबारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रामा खोप लगाइसकिएको...
 नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकियो
 नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकियो त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो। टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा खेल रोकिएको हो।
स्कूल बसको ठक्करले एक जनाको घटनास्थलमै मृत्यु
स्कूल बसको ठक्करले एक जनाको घटनास्थलमै मृत्यु स्कूल बसको ठक्करले धनुषामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सात जना भन्दा बढी घाइते भएका छन्। 
काठमाडौं उपत्यकामा गड्याङगुडुङसहितको वर्षा
काठमाडौं उपत्यकामा गड्याङगुडुङसहितको वर्षा अहिले काठमाडौं उपत्यकाभित्र वर्षा भइरहेको छ। बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै वर्षा भएको हो। वर्षाले हिँड्डुलमा समस्या पैदा गराएको छ। वर्षाभएसँगै चिसो पनि बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा भइरहेको छ। 
Weather Update