राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकमा न्यौपाने

काठमाडौं– नेकपा एमालेले राष्ट्रिय सभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा आइतबार मनोनयन गगरेका हुन्।
एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरि प्रमुख सचेतकमा न्यौपानेलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेका हुन्। राष्ट्रिय सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आइतबार रातिबाट समाप्त हुने भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो। एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन्।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १५:२४