News Griha :: न्यूजगृह
टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। लिग चरणअन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्‌स ५ अंक जोडेर फाइनल पुगेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो। लामो समयसम्म पनि वर्षा नरोकिएपछि खेल रद्द भएको हो। 

आइतबारको खेल रद्द भएपछि नेदरल्यान्ड्स र नामिबियाले समान १–१ अंक बाँडे। १ अंक बाँड्दा नेदरल्यान्ड्स ५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गर्‍यो। नामिबियाले अंक तालिकामा ३ अंक मात्रै पुर्‍याउन सक्यो। 

लिग चरणका ४ मध्ये २ मा जित र २ मा हार बेहोरेको नेपालले ४ अंक जोडेको छ। ५ अंकका साथ नेदरल्यान्ड्स शीर्ष स्थानमा रह्यो भने नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:४५
Weather Update