हङकङमा हुने त्रिकोणात्मक टी २० सिरिजका लागि नेपाली टिम घोषणा आइतबार, फागुन २०, २०८०

घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु आइतबार, फागुन २०, २०८० सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका-६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।कटुवाल सुतेको कोठामा आगलागी भएको थियो। आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कोहलपुरमा घोङही खाने प्रतियोगिता आइतबार, फागुन २०, २०८० आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङही खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङहीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङही खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए। प्रतियोगितामा चार...

गाजामा ६ हप्ताका लागि युद्धविराम ! आइतबार, फागुन २०, २०८० इजरायल र हमासबीच गाजामा जारी युद्ध ६ हप्ताका लागि रोक्न इजरायल तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। इजरायल गाजामा युद्धविराम गर्न र बन्धक रिहाईको सम्झौता गर्न सहमत भएको बताइए पनि यसलाई औपचारिकता दिने कि नदिने भन्ने हमासको हातमा रहेको छ ।

मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान आइतबार, फागुन २०, २०८० पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो। एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए। लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण,...

शीर्ष स्थानको लिभरपुल विजयी आइतबार, फागुन २०, २०८० इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो।लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा गोल गरेको थियो। लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए। जितसँगै लिभरपुलले २७...

वुमन्स प्रिमियर लिग: डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा आइतबार, फागुन २०, २०८० वुमन्स प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो। चार खेलबाट ६ अंक बनाएको मुम्बई शीर्ष स्थानमा पनि उक्लिएको छ।एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको...

एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित आइतबार, फागुन २०, २०८० एक महिनाभित्र दूध बिक्रीवापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ। शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीचको वार्तामा सरकार र उद्योगहरुले किसानलाई एक महिनाभित्र भुक्तानी दिन सहमति जनाएका छन्। सरकार र दूग्ध सहकारी संघबीच लिखितरुपमै पाँच...

त्रिकोणात्मक टी–२० आई सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा आज आइतबार, फागुन २०, २०८० त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ।खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ। शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डस्लाई हराएर फाइनल पुगिसकेको छ। चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको...

राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिदै आइतबार, फागुन २०, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिदैछ। राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ। नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि...

जातीय विभेद अन्त्यको प्रयास: वनारसी जात्रामा पुजारी दलित, श्रद्धालु गैरदलित आइतबार, फागुन २०, २०८० पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ । हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ । साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन् । धार्मिक सहिष्णुताको...

सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच पाँच बुँदे सहमति आइतबार, फागुन २०, २०८० सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घबीच पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी...

आज विदेशी मुद्राको नेपाली मूल्य कति? आइतबार, फागुन २०, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ ।त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४...









