News Griha :: न्यूजगृह
पारालिम्पिकमा कांस्य पदक जितेकी पलेशालाई यसरी गरियो स्वागत
पारालिम्पिकमा कांस्य पदक जितेकी पलेशालाई यसरी गरियो स्वागत पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ।त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो।
नेपालले ओमान र क्यानडाविरुद्व खेल्ने एकदिवसीय र टी२० को खेल तालिका सार्वजनिक
नेपालले ओमान र क्यानडाविरुद्व खेल्ने एकदिवसीय र टी२० को खेल तालिका सार्वजनिक आईसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ।क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरु हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी२० सिरिज सुरु हुनेछ।
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने पलेशा आज बिहान काठमाडौं आउँदै छिन्। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ।
गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध
गोलकिपर अञ्जिला युरोपियन लिगमा आवद्ध सुब्बाले ग्रीसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउबाट खेल्न लागेकी हुन्। क्लबसँग एक वर्षको सम्झौता गरेकी छन्।  ग्रीसको महिला सुपर लिगको नयाँ सिजन सेप्टेम्बर २९ बाट सुरु हुँदै छ। उनले यसअघि भारत र पाकिस्तानमा लिग खेलेकी सकेकी छन्।
स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने
स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने पत्रकार सम्मेलनमा ३७ वर्षीय स्वारेजले भावुक हुँदै भनेका छन्, ‘शुक्रबारको खेल मेरो देशका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ। यो निर्णय गर्न मलाई सजिलो रहेन। तर यो अन्तिम खेलमा म पनि आफूले सक्दो राम्रो खेल्नेछु।’
एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित
एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित रियल मड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन्। उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए। ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन्। 
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ। शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो। 
नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी पलेशाले ६५ लाख नगद पुरस्कार पाउने
नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी पलेशाले ६५ लाख नगद पुरस्कार पाउने पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन्।
यूएस ओपनमा जोकोभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए
यूएस ओपनमा जोकोभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए  पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच यूएस ओपनबाट बाहिरिएका छन्।नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४-६, ४-६, ६-२ र ४-६ को सेटमा पराजित भएसँगै यूएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन्।
यी हुन् एनपीएल खेल्ने ८ टोली
यी हुन् एनपीएल खेल्ने ८ टोली देशका ८ स्थानलाई प्रतिनिधित्व गर्दै टोलीको नाम राखिएको छ। काठमाडौंमा हुने एनपीएलमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम टोली सहभागी हुने क्यानले जनाएको छ।
दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ- प्रचण्ड
दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ- प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन्।
पेरिस पारा ओलम्पिक २०२४ मा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक
पेरिस पारा ओलम्पिक २०२४ मा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा भने पदक जित्न सफल भइन्। उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन्।
Weather Update