News Griha :: न्यूजगृह
पारालिम्पिकमा कांस्य पदक जितेकी पलेशालाई यसरी गरियो स्वागत

काठमाडौं— पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ।

त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो।

palesha_govardan_1-1725424310.jpgपरिक्रमा एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिएको थियो।

palesha_govardan_2-1725424306.jpgपेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन्।

PALESHA_1-1725424304.jpgयो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १०:१७
Weather Update