News Griha :: न्यूजगृह
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने

काठमाडौं— प्यारालम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ।

पलेशा आज बिहान काठमाडौं आउँदै छिन्। नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ।

परिषदका अनुसार साढे ८ बजेदेखि सुरु हुने र उनलाई एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने जानकारी दिएको छ।
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०७:३४
Weather Update