News Griha :: न्यूजगृह
एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित

काठमाडौं— स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ। 

गएराति सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो।

रियल मड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन्। उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए। ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन्। 

रियल मड्रिडको यस सिजनमा यो दोस्रो जित हो। यो जितपछि चार खेलमा रियल मड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। 

त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ।
    

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०७:४७
Weather Update