News Griha :: न्यूजगृह
दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ- प्रचण्ड

सुर्खेत— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्।

सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन्।

आगामी मङ्सिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए।

‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’ उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’ 

उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०९:५७
Weather Update