नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्नेशुक्रबार, भदौ १४, २०८१

पेरिस पारा ओलम्पिकमा पलेशाले जितिन् पहिलो खेल शुक्रबार, भदौ १४, २०८१ पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन्। पदक आशा गरिएकी पलेशाले तेक्वान्दोको के–४४ अन्तर्गत शुक्रबार भएको महिला ५७ केजीमुनि तौल समूहमा भियतनामकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन्।

नयाँ फर्म्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक शुक्रबार, भदौ १४, २०८१ नयाँ फर्म्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। गएराति मोनाकोमा भएको हाईटेक ड्र अनुसार साविक विजेता रियल मड्रिड र लिभरपुल लिग चरणमा नै आमनेसामने हुनेछन्।

क्यानले मुख्य प्रशिक्षकलाई ३ लाख तथा अन्य सदस्यलाई जनही १ लाख ५० हजार प्रोत्साहन भत्ता दिने शुक्रबार, भदौ १४, २०८१ क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको एनपीएलमा सहभागी टोली बारे निर्णय गरेको हो।

पारस खड्का लिजेन्ड लिग क्रिकेट खेल्दै, गुजरातमा अनुबन्ध बिहीबार, भदौ १३, २०८१ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारस लिजेन्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आँउदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपियाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

साफ यू–२० च्याम्पियनसिपः बंगलादेशसँग हार्यो नेपाल बुधबार, भदौ १२, २०८१ साफ यू–२० च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग नेपाल पराजित भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४–१ गोलले पराजित हुँदा नेपालको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य पूरा हुन सकेन। बंगलादेशले भने पहिलोपटक साफ यू–२० को उपाधि जितेको हो।

नेपालविरुद्ध बंगलादेशले तेस्रो गोल गरेपछि समर्थक आक्रोशित, फाले मैदानमा पानीको बोतल बुधबार, भदौ १२, २०८१ लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे। बंगलादेशका कप्तानले घरेलु समर्थकलाई हुटिङका लागि अपील गरेपछि केही दर्शकले पानीको बोतल मैदानमा फालेका हुन्।

यू–२० साफ च्याम्पियनसिप: नेपाललाई ७ वर्षपछि उपाधि जित्ने अवसर बुधबार, भदौ १२, २०८१ नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल दिउँसो साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।

दारी ग्याङ फुटसल हुने बुधबार, भदौ १२, २०८१ दारी ग्याङको समूहको आयोजनामा हुन हुने प्रतियोगितामा २४ देखि ३२ टोलीको सहभागिता रहने आयोजक समूहका सदस्य नीरजकुमार भट्टले मंगलबार पत्रकार सम्मेलनमा बताए।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को अध्यक्षमा भारतका जय शाह निर्वाचित बुधबार, भदौ १२, २०८१ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन्।

फुटबल खेलाडीको तलब मासिक १२ हजारका दरले बढाउने एन्फाको निर्णय मंगलबार, भदौ ११, २०८१ मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टोलीका खेलाडीको तलब १८ हजार रुपैयाँबाट १२ हजार बढाएर मासिक ३० हजार बनाउने निर्णय गरेको हो।

हत्या आरोप लागेका शकिबलाई क्रिकेट टिमबाट तुरुन्तै हटाउन बंगलादेश बोर्डलाई नोटिस सोमबार, भदौ १०, २०८१ शकिबसहित हसिना पक्षका १४७ जनामाथि विद्यार्थीको हत्या गरेको आरोप छ। अगस्ट ५ मा गोली लागेर विद्यार्थीको मृत्यु भएको थियो। विद्यार्थीका बुबाले ढाकामा एफआईआर दर्ता गरेका छन्। अब विद्यार्थी रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका छन्।

सेल्फी खिचेको कारण कारवाहीमा परे ओलम्पिक खेल्ने उत्तर कोरियाका खेलाडी आइतबार, भदौ ९, २०८१ मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए।