
काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलङ्कामा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ।
नेपालले आईसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलङ्कामा अभ्यास खेल्ने भएको हो। नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा र दोस्रो खेल सेप्टेम्बर ५ मा तथा तेस्रो खेल सेप्टेम्बर ७ मा खेल्ने भएको छ।
श्रीलङ्कामा अभ्यास खेल खेल्न नेपालले १७ सदस्यीय टिम गएको छ। जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ।