News Griha :: न्यूजगृह
साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै
साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै यसअघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो। आज प्रतियोगिताको उद्‌घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।
यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर आयोजना नेपालले गर्ने 
यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर आयोजना नेपालले गर्ने  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा सो प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताको विजेताले २०२६ मा हुने आईसीसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ।
स्पेनिस ला लिगा सुरु, दुवै खेल बराबरीमा रोकिए
स्पेनिस ला लिगा सुरु, दुवै खेल बराबरीमा रोकिए स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भएको छ। गएरातिबाट सुरु भएको नयाँ सिजनका सुरुका दुवै खेल बराबरीमा सकिएका छन्।
रोनाल्डो चम्किँदा अल नासर फाइनलमा
रोनाल्डो चम्किँदा अल नासर फाइनलमा पोर्चुलका कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।प्रो लिग प्रतिद्वन्द्वी अल ताओनलाई २–० ले पराजित गर्दै अल नासरले फाइनलमा स्थान पक्का गरेको हो। १० खेलाडीमा समेटिएको अल नासरको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसँगै एमन अहमेदले गोल गरे।
एएफसी च्यालेन्ज लिग: भुटानको पारोसँग चर्च ब्वाइज पराजित
एएफसी च्यालेन्ज लिग: भुटानको पारोसँग चर्च ब्वाइज पराजित दशरथ रङ्गशालामा भएको खेलमा लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो। तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन गर्दै जित निकालेको हो।
एएफसी च्यालेन्ज लिग: आज चर्च ब्वाइज र पारो खेल्दै 
एएफसी च्यालेन्ज लिग: आज चर्च ब्वाइज र पारो खेल्दै  एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुनेछ।खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेन्ज लिग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्। 
एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुँदै
एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ। उक्त खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन्। यस खेलको विजेता टोली च्यालेन्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन्। 
पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा
पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सेकेन्डको समय लगाउँदै पुरा गरिन्। ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी हुन्। 
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ।महानगरपालिकाको शहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ। 
पेरिस ओलम्पिकमा आज सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै
पेरिस ओलम्पिकमा आज सन्तोषीले म्याराथनमा प्रतिस्पर्धा गर्दै नेपाली म्याराथन धावक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।
पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर
पेरिस ओलम्पिक आज सकिँदै, पदकमा चीन र अमेरिकाको कडा टक्कर स्टेड डे फ्रान्समा आयोजित हुने ३३औं संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।सेन नदीमा आयोजित उद्‌घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ। समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ।
ब्राजिललाई हराउँदै अमेरिकाले पाँचौँ पटक जित्यो स्वर्ण
ब्राजिललाई हराउँदै अमेरिकाले पाँचौँ पटक जित्यो स्वर्ण पार्क डेस प्रिन्सेसमा भएको खेलमा ब्राजिल र अमेरिकाको खेल निकै प्रतिस्पर्धात्मक थियो।  स्वानसनले आफ्नो १०० औं क्यापमा गोलकिपर लोरेनालाई छक्याउँदै गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन्। उनले दोस्रो हाफको १२औं मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन्। 
Weather Update