स्पेनिस ला लिगा सुरु, दुवै खेल बराबरीमा रोकिए

काठमाडौं— स्पेनिस ला लिगाको नयाँ सिजन सुरु भएको छ। गएरातिबाट सुरु भएको नयाँ सिजनका सुरुका दुवै खेल बराबरीमा सकिएका छन्।
सिजनको पहिलो खेलमा एथलेटिक बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन्।
एथलेटिक बिल्बाओका लागि खेलको २७औं मिनेटमा ओइहान सान्सेटले सुरुवाती गोल गरेका थिए भने खेलको ६४औं मिनेटमा क्रिससान्टस उचेले गेटाफेका लागि गोल गर्दै खेल बराबरी गरेका थिए।
यस्तै गएराति नै सम्पन्न अर्को खेलमा जिरोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको छ। गत सिजन तेस्रो स्थानमा रहेको जिरोना यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको हो।
खेलको छैटौँ मिनेटमा नै मार्क बार्ट्राले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए भने खेलको ७२औं मिनेटमा गाब्रियल मिसेहोउयीलेव गोल गर्दै जिरोनालाई हारबाट जोगाएका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ ०७:४४